एमाले माओबादी केन्द्रको सम्बन्ध ट्याकमा, यसरी सुध्रियो सम्बन्ध



काठमाडौँ — सरकार सञ्चालनमा असन्तुष्टि जनाएका माओवादी नेताहरूसँग प्रधानमन्त्री केपी ओलीले नयाँ शिराबाट परामर्श थालेका छन् । उनले सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन ‘पर्याप्त’ गृहकार्य गर्ने वचन पनि दिएको माओवादी नेताहरूले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला अरुण–३ जलविद्युत् परियोजनाको शिलान्यासमा ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनलाई नबोलाएपछि पछिल्लोपटक चिसिएको सम्बन्ध सुधारका लागि प्रधानमन्त्री ओलीले छलफल गरेका हुन् । उनले मन्त्री पुनसँग सोमबार एक घण्टाभन्दा बढी बेग्लै कुराकानी गरे ।

‘व्यवस्थापकीय कमजोरीका कारण अरुण–३ को शिलान्यासमा तपाईं (पुन) लाई बोलाउन छुट भयो,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब सहकार्यका आधारमा काम हुन्छ ।’ ऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई भने शिलान्यास कार्यक्रममा निम्ता गरिएको थियो । कान्तिपुर दैनिकमा खबर छ

एमालेका सचिव तथा श्रममन्त्री गोकर्ण विष्टले भने प्रधानमन्त्री सबैसँग छलफल गर्दै अघि बढेको बताए । ‘एमाले–माओवादीले निर्वाचनका बेला गरेको प्रतिबद्धता नै अहिले नीति तथा कार्यक्रमको मुख्य आधार हो । त्यही आधारमा बसेर नीति तथा कार्यक्रमको तयारी हुँदै छ,’ उनले भने, ‘प्रधानमन्त्रीले सबै मन्त्रालयबाट कार्यक्रम मागेर हेर्ने काम भइरहेको छ । सबैसँग सरोकार राख्नेसँग छलफल चलाइरहनुभएको छ ।’ ओलीले मोदीको नेपाल भ्रमणका एजेन्डाबारे छलफल नगरेकामा पनि माओवादी पक्षले असन्तुष्टि जनाएको थियो, जसका कारण भ्रमणमा देखिएको कमजोरीको माओवादीले स्वामित्व लिएन ।

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...