दुवईमा नेपाली टिमको उत्कृष्ट प्रदशन



युएइ : बुदोकन इन्टरनेशनल कराते च्याम्पियनशीप दुबईमा नेपाली टीमका खेलाडीहरूले उत्कृष्ट प्रदशन गरेका छन्। नेपाली टिमले १८ स्वर्ण, ७ रजत र ५ कांस्य तथा काता र कुमुते विधामा च्याम्पियन अफ च्याम्पियन पदक हात पार्न सफल भएका छन्।

अन्तराष्टिय निर्णायक एभरेष्ट मार्शल आर्ट क्लबका प्रमुख कोच तथा टेक्निकल डाइरेक्टर रबि शाहीकाअनुसार उक्त प्रतियोगितामा च्याम्पेन अफ च्याम्पेन काता विधामा पर्शुराम बास्तोला र सरिता श्रेष्ठ तथा कुमुते विधामा दिवस श्रेष्ठ र कुसुम खड्का बन्न सफल भए।

स्वर्ण पदक विजेता कुमुते तर्फ दिवस श्रेष्ठ, कुसुम खड्का, मोनिका थापा, लक्ष्मण थापा, केञ्जल श्रेष्ठ, आशना पाण्डे, केना पटेल, सुरोज पाखरिन, निस्का कमल, शिवप्रकाश भुसाल, राजन कुमार पाइजा, सरिता श्रेष्ठले उत्कृष्ट प्रदशर्न गरे। त्यस्तै स्वर्ण पदक विजेता काता तर्फ पर्शुराम बास्तोला, सरिता श्रेष्ठ, चन्द्र खड्का, मोनिका थापा, आशना पाण्डे, आर्यन पाण्डेले सफलता हात प्राप्त गरे। आजको अन्नपूर्ण पोष्टमा खबर छ

त्यस्तै रजत पदक विजेता काता र कुमुते तर्फ मधु लामा, प्रेम राना, भुसन्त हुमागाइ, भीमसेन घर्ति मगर, रिचिका बानियाँ, आर्यन पाण्डे, केञ्जल श्रेष्ठ र काँश्य पदक विजेता काता र कुमुते तर्फ नवीन श्रेष्ठ, राम लामा, ज्ञानु पुन, चन्द्र खड्का, भूपेन्द्र पुनले सफलता हात प्राप्त गरेका छन्।

विभिन्न पदक काता र कुमुतेको सिनियर, जूनियर, केडेट , भेटायान्स स्वर्ण ररजत र काँश्य पदक हात पार्न सफल भए। त्यसैगरी नेपालको निर्णायक मण्डलमा रबि शाही, साइला घमाल, सन्जय रन्जित, लक्ष्मण खड्का, विशाल पुन र प्रेम श्रेष्ठ रहेका थिए।

कोचमा पर्शुराम घिमिरे, सिनियर अफिसियल टिम मेनेजर ज्ञान बहादुर जिम्बा र राम कुमार थारु रहेका थिए। पुरस्कृत खेलाडीहरूलार्ई पुरस्कार वितरणको लागि एनआरएनका यु ए ई का किस्न पौडेल, नीराजन सिलवाल, सञ्जय खरेल९मदरल्याण्ड म्यानेजमेन्ट० साथमा अरू विभिन्न संस्थाका प्रतिनिधिहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।

त्यस्तै जेकेएसका अध्यक्ष अब्दुला बिन बयानिसको पनि उपस्थिति रहेको एभरेष्ट क्लबका डाइरेक्टर रबि शाहीले जानकारी दिएका छन्।

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...