अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास थाले पछि किम जोङले चाले कडा कदम, फेरि तनाव बढने संकेत !



२ जेठ काठमाडौं, शान्ति स्थापनाको लागि उत्तर कोरिया हदैसम्मको लचक भइरहेको बेला एकाएक उच्चस्तरिय बार्ता रद्दको घोषणा गरेको छ । आफू वार्ता र संवादको लागि तयार भएपनि अमेरिका र दक्षिण कोरियाबीच सैन्य अभ्यास जारी रहेको भन्दै उत्तर कोरियाले वार्ता रद्द गरेको हो ।

उत्तर कोरियाले आफ्ना सबै आणविक कार्यक्रमलाई स्थगित गरेर वार्तामा लागिरहेको बेला अमेरिका र दक्षिणले सैन्य अभ्यास जारी राखेको भन्दै नेता किम जोङ उनले वार्ता रद्द गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।

यी दुई राष्ट्रबीच पनमुनजोममा आज उच्चस्तरीय वार्ता गरी विगतमा दक्षिण र उत्तर कोरियाका दुई नेताबीच भएको ऐतिहासिक वार्ताका क्रममा भएका सहमतिलाई कार्यान्वयन गर्ने योजना थियो ।

उत्तर कोरियाको यो निर्णयले आगामी जुन १२ मा अमेरिकासँग हुने भनिएको वार्ता पनि अन्यौलमा परेको छ ।

अमेरिका र दक्षिण कोरियाले गत शुक्रबार मात्रै बी ५२ बमबर्षक विमान र एफ १५ जेट विमानका साथमा एक सय लडाकु विमान तैनाथ गरेको थियो ।

कोरियामा शान्ति हुन नदिन अमेरिका लागिरहेको उत्तर कोरियाले बताएको छ ।

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...