चारवर्ष देखि रोकिएको ए डिभिजन लिग फुटबल असोज १३ देखि, यी १४ क्लबले प्रतिस्पर्धा गर्ने !



अखिल नेपाल फुटबल संघ एन्फाले अागामी असोज १३ गतेबाट सहिद स्मारक ए डिभिजन लिग गर्ने निर्णय गरेको छ।

एन्फाको लिग सञ्चालक समितिको बैठकले ए डिभिजनका क्लबहरुसँगको छलफलपश्चात बुधबार अागामी असोज १३ देखि माघ १६ सम्म लिग सञ्चालन गर्ने निर्णय गरेको हो।

२०७० सालयता हुन नसकेको ए डिभिजन लिगको एन्फाको नेतृत्व परिवर्तन भएसँगै नयाँ मिति घोषणा भएको हो। अघिल्लो शनिबार एन्फाको अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका थिए।

लिगमा १४ क्लबको सहभागिता रहनेछ । जसमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ, नेपाल आर्मी, जावलाखेल युथ, फ्रेण्डस्, संकटा, मछिन्द्र, सरस्वती युथ, च्यासल युथ, न्यू रोड टिम (एनआरटी), बिग्रड ब्वाइज र हिमालयन शेर्पा क्लब छन् ।

क्लबले कम्तिमा १८ र बढीमा ३५ खेलाडी टिममा राख्न पाउने छन् ।

जसमा ४ जना विदेशी खेलाडी राख्न पाउने नियम छ । खेलका क्रममा तीन जना विदेशी खेलाडी राख्न पाउने लिग कमिटीले जनाएको छ ।

 

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...