पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भूकम्प पिडित राहतकोष बाट घर बनाउन लागेपछि……



जेठ २ काठमाडौँ, पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले भूकम्प पीडितले पाउने अनुदानबाट घर बनाउने भएका छन्। छोरी मानुषीयमीको नाममा रहेको जग्गामा भट्टराईले जन्मथलो खोप्लाङ १ बेल्बासमा घर बनाउने भएका हुन्। ‘बाले जग्गा मेरै नाममा गरिदिनु भएको छ’ मानुषीले भनिन् ‘पुरानो घरलाई मर्मत गरेर जोगाएर राखेर नयाँ घर बनाउन लागेका हौँ ।’

भूकम्प पिडितले पाउने सरकारी अनुदानको तीन लाख मध्येको पहिलो किस्ता बापत पाउने ५० हजार रुपैँया आफ्नो खातामा आएर बसेको मानुषीले बताइन । ‘५० हजार मेरै खातामा आएर बसेको छ’ उनले भनिन् ‘अब छिटै घर बनाउन थाल्छौँ । पहिले भएको भन्दा केही तल बनाउछौँ ।

पहिले भएको तिर मान्छे बस्नै छोडे । गाउँलेहरु सबै सडक भएको तिर झरेका छन् । हामी पनि तल नै बनाउने भनेर लागेका छौँ ।’ बाबुरामले बुधबार मालपोत कार्यालय गोरखामा आफ्नो नाममा भएका जग्गा जमिनहरुको समेत मिलाउँदै छन् ।

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...