सिन्डिकेट पछी फेरी गृहमन्त्रीको अर्को एक्सन “कमसल काम गर्ने ठेकेदारलाई जेल हाल्न निर्देशन “



सुनौलो नेपाल/ काठमाडौं :  एक पछी अर्को काम गर्दै  गरेका गृहमन्त्री रामबहादुर थापा‘बादल’ले समयमा काम सम्पन्न नगर्ने कमसल काम गर्ने ठेकेदारको  सूची बनाउन निर्देशन दिदै कमसल काम गर्ने  ठेकेदारहरुलाई  सच्चिन अल्मिेटम दिन र  अल्टिमेटम दिएको समयभित्र पनि नसच्चिए जेल हाल्न निर्देशन दिएका छन् ।

विगतका निर्णयहरुको कार्यान्वयन फितलो भएको भन्दै गृहमन्त्री  थापाले सडक र ट्राफिक व्यवस्थापनका भएका निर्णयहरुलाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

बुधबार गृहसचिव, प्रहरी महानिरीक्षक, काठमाडौं र ललितपुर महानगरपालिका मेयर, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको बैठकमा गृहमन्त्री थापाले भएका निर्णयहरुलाई गम्भिरता पूर्वक कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालय सम्हालेदेखि सडक दुर्घटना र ट्राफिक जाम न्युनिकरण तथा धुलो, धुँवा हटाउने गृहमन्त्री थापाले तीन पटक बैठक डाकेर निर्देशन दिइसकेका छन् ।

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...