लुट फिल्मका निर्देशकको यस्तो लुटको धन्दा, प्रहरीलाई ठुलो सफलता



काठमाडौँ: नेपाली चलचित्र उद्योगका चर्चित फिल्म  लुटका निर्माता माधव वाग्लेको घरबाट प्रहरीले २ करोड ५२ लाख रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकुको टोलीले लामो समय फिल्म वितरक र त्यसपछि फिल्म निर्माताकारुपमा कलिउडमा सक्रिय वाग्लेको काठमाडौँको चार ढुंगेस्थित प्रिन्सेस मुभिज प्रालिका सञ्चालक वाग्लेको कोठाबाट एक हजार दरका २ करोड ५२ लाख नेपाली नक्कली नोट बरामद गरेको हो ।

कमल पोखरी बस्ने सुर्खेतका २४ वर्षीय महेन्द्र बोगटीले मित्रनगरस्थित सुमधुर क्याफे तथा खाजा घरमा बिल तिर्दा नक्कली नोट दिएको उजुरी क्याफेका सञ्चालकले गरेपछि थालेको अनुसन्धानका क्रममा नक्कली नोटको गिरोह समात्न सफल भएको हो ।

प्रहरीले सुरुमा उनको साथबाट जेठ १ गते १ लाख २० हजार नेपाली नक्कली नोट बरामद गरेको थियो । उनैको बयानका आधारमा प्रहरीले ललितपुरको लुभु बस्ने २४ वर्षीय सुजित तामाङ र १९ वर्षीय साजन तामाङको कोठा खानतलासी गरेर एक हजार दरका ७ लाख ४३ हजार नोट बरामद गरेको थियो ।

परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार पक्राउ परेका उनीहरुको बयानका आधारमा प्रहरीको टोलीले वाग्लेको कोठाका ठुलो परिमाणको नक्कली नोट बरामद गरेको हो ।

अनुसन्धानका क्रममा यी नोट बागबजारस्थित नवज्योति प्रेसका सञ्चालक धादिङका ३६ वर्षीय प्रकाश सुवेदीले जय भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक ३९ वर्षीय विकेश नापितलाई छाप्न दिएको पनि खुलेको छ । पोखरेलका अनुसार यी नक्कली नोट विकेशकै प्रेसमा छापिएको पत्ता लागेको छ ।

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...