चीन भ्रमणमा जादै प्रधानमन्त्री ओली



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना गर्ने चीन भ्रमणका बेला दुई देशीबीच कम्तीमा ६ वटा महत्वपूर्ण सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । सम्झौता तथा समझदारीपत्रलाई अन्तिम रूप दिन परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा मन्त्रालयलगायतले काम गरिरहेका छन्।

‘प्रधानमन्त्रीज्यू चीन जाने पक्का हो । बजेट भाषण (जेठ १५) अघि जान मिल्दैन । त्यसैले उहाँ बजेट भाषणपछि जानुहुनेछ,’ प्रधानमन्त्री निकट एमाले नेता राजन भट्टराईले भने । भ्रमण जुन महिनामै गर्ने विषयमा दुवै देशबीच कूटनीतिक तहमा छलफल चलिरहेको छ।

परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणक्रममा कम्तीमा ६ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । पारवहन यातायात सम्झौताको प्रोटोकल, नेपाल–चीन खुला व्यापार सम्झौताका लागि संयुक्त सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्र, संयुक्त समन्वय तथा कार्यान्वयन संयन्त्रसम्बन्धी समझदारीपत्र, लगानी तथा उत्पादन क्षमतासम्बन्धी समझदारीपत्र, तेल भण्डारण सुविधा निर्माण गर्ने सम्बन्धी सम्झौतापत्र र ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो । आजको नागरिक दैनिकमा खबर छ

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गत वैशाख ३ देखि ७ गतेसम्म चीन भ्रमण गरेर फर्केपछि प्रधानमन्त्रीको भ्रमणका बेला गर्ने सम्झौता तथा समझदारीपत्रको तयारी अघि बढाइएको हो । परराष्ट्रमन्त्रीले चिनियाँ समकक्षीसँग गरेको छलफलका आधारमा हस्ताक्षर गरिने सम्झौता तथा समझदारीपत्र तयार गरिएको स्रोतले बतायो । ‘सकेसम्म ६ वटा सम्झौता तथा समझदारीपत्रलाई अन्तिम रुप दिई भ्रमणका बेला हस्ताक्षर गर्ने तयारी भइरहेको छ,’ परराष्ट्र स्रोतले भन्यो।

पारवहन, खुला व्यापार, संयुक्त समन्वय तथा कार्यान्वयन संयन्त्र, लगानी तथा उत्पादन क्षमता, तेल भण्डारण निर्माण र ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने
प्रधानमन्त्रीको चीन भ्रमणको आवश्यक तयारीका लागि एक महिनाअघि परराष्ट्रमन्त्री ज्ञवाली चीन गएका थिए । चीन भ्रमणका बेला उनले चिनियाँ पक्षलाई नेपाल र चीनबीच आउँदा दिनमा यातायात तथा कनेक्टिभिटी, कृषि, उद्योग तथा प्रविधि स्थानान्तरण, मानव क्षमताको अधिकतम प्रयोग, प्राकृतिक स्रोत तथा वातावरण र व्यापार तथा लगानी गरी पाँच क्षेत्रमा सहकार्य हुनुपर्ने बताएका थिए ।

चीन भ्रमणबाट फर्केलगत्तै परराष्ट्रमन्त्रीको अध्यक्षतामा वैशाख १० गते बसेको बैठकले केही निर्णय गरेको थियो । निर्णयमा प्रधानमन्त्रीको चीन भ्रमणका बेला हुने भनिएका सम्झौता तथा समझदारीपत्रको किटान गरी आवश्यक तयारी गर्ने भनिएको थियो । उक्त निर्णय तत्कालै सरोकारवाला मन्त्रालयहरुमा पठाइएपछि आवश्यक तयारी अघि बढेको हो ।
पारवहन यातायात सम्झौताको प्रोटोकलको तयारीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत एक कार्यदल गठन गरिएको छ।

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...