श्रममन्त्री गोकर्ण बिष्टले गरे अर्को यस्तो सम्मानित कार्य, अब कामदारसँग लिइने अतिरिक्त शुल्क खारेज



सुनौलो नेपाल / जेठ ३, काठमाडौं ।  श्रम मन्त्रालयले  वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि लगाउँदै आएको अतिरिक्त शुल्क एकतर्फी रुपमा खारेज गरेको घोषणा गरेको छ ।

नेपालले एकतर्फी रुपमा खारेक गरेपनि  मलेसियाको सरकारले भने  मलेसिया आउने विभिन्न देशका कामदारमाथि यो शुल्क लगाउँदै आएको छ ।

बिहिबार बिहान श्रममन्त्री गोकर्ण बिष्टले पत्रकार सम्मेलन गरेर भने मन्त्रालयले भिसा शुल्क पनि खारेज गर्न कूटनीतिक पहल गर्नेछ । मलेसियामा नयाँ सरकार बनेकाले नेपालको पहललाई सकारात्मक रुपमा लिने विश्वास रहेको श्रममन्त्री गोकर्ण विष्टले बताएका छन् ।

त्यस्तै, रोजगारीमा जाने कामदारहरुसँग भिषा र स्वास्थ्य परिक्षण शुल्क लिन पाउने निर्णय गरिएको मन्त्री विष्टले जानकारी दिए । माइग्राम, वान स्टेप सेन्टर, वान स्टेप सेन्टर, आइएसी लगायत शुल्न नतिर्न सरकारले निर्णय गरेको छ ।

अब नेपाल सरकारमा सूचीकृत भएका सबै स्वास्थ्य संस्थाहरुले स्वास्थ्य परिक्षण गर्न पाउने निर्णय समेत गर्ने निर्णय गरेको  श्रममन्त्री गोकर्ण बिष्टले जनाए  ।

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...