मलेसियामा महाथिरको सरकार गठन भए संगै नेपाली कामदार हुने भयो यस्तो फाईदा !



जुन हिसावले बंगालादेशी कामदारलाई मलेसियाका एजेन्सीले भर्ती गर्ने गरेको छन्, नयाँ सरकार त्यसको विरुद्धमा जान्छ । नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदको विगत हेर्ने हो भने यसो भन्न सकिन्छ ।

अनवर इब्राहिमलाई २ वर्षपछि प्रधानमन्त्री बनाउने सम्भावना धेरै छ । उनी जेलमुक्त पनि भइसकेका छन् । बंगलादेशी कामदार भर्ती गर्ने विपक्षमा अनवर पनि छन् । बंगलादेशी कामदारले मलेसियाको सामाजिक संरचनामा खलल पारेका उनीहरुले ठहर गरेका छन् ।

साथसाथै बायोमेट्रिक पनि खारेज हुने सम्भावना छ । निवर्तमान प्रधानमन्त्री नाजिव रजाककी श्रीमती यसमा संलग्न भएको पुष्टि भइसकेको छ । फरेन वर्कस सेन्ट्रलाइज म्यानेजमेन्ट सिस्टमबाट नाजिवकी श्रीमतीको गोजीमा पैसा जान्थ्यो । अब त्यो रहन्न । तर त्यसका लागि नेपाल सरकारले तारन्तार ताकेता चाहिँ गर्नुपर्ने हुन्छ ।

मलेसियाको विदेश नीतिमा तत्कालै फरक भने आउँदैन । किनभने महाथिर पनि यसअघि सत्तामा रहेको पार्टीका उत्पादन हुन् । अनवर पनि त्यही पार्टीका उत्पादन हुन् । त्यही भएकाले नीतिगत परिवर्तन आउँदैन । विदेशी कामदारलाई उपयोग गर्ने नीतिमा भने फरक पर्न सक्छ । ५० प्रतिशत विदेशी कामदार र ५० प्रतिशत स्थानीय कामदार रहने नीति लागु हुनसक्ने सम्भावना धेरै छ ।

अहिले नयाँ सरकार आइसकेपछि नेपाली कामदार पनि सुरक्षित हुन्छन् । मलेहरुले नेपाली रुचाउँछन् । तर यसमा नेपाल सरकारले मलेसियासँग गर्ने सम्झौता, नेपाली कामदारले स्थानीयसित गर्ने व्यवहारले पनि फरक चाहिँ पर्न सक्छ । महाथिरले चाहिँ दक्षिण एसियाका कामदारमध्ये नेपालीलाई नै सिफारिस गर्छन ।

वर्तमान प्रधानमन्त्री महाथिर २/३ वर्षअघि नेपाल पनि आएका थिए । त्यसबेला होटल हायातमा देश विकास कसरी गर्नुपर्छ भन्ने विषयमा उद्योगी व्यवसायीसँग छलफल भएको थियो । त्यसबेला सरकारले गल्ती भने गरेको छ । महाथिरलाई अस्वीकार जस्तै गरेको छ ।

हाथिरको जुन खुवी थियो, त्यो किसिमको उनलाई सम्मान दिइएन । अवश्य त्यसबेला नेपाली दूतावासले पनि गल्ती गरेको थियो । सरकारलाई महाथिरको व्यक्तित्वबारेमा दूतावासले जानकारी गराउन नसकेकै हो ।

(नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान प्रथम उपाध्यक्ष तथा मलेसिया मात्रै कामदार पठाउने व्यवसायी खनालसित रीतु थेबेले गरेको कुराकानीमा आधारित । मलेसियामा भर्खरै सम्पन्न चुनावपछि महाथिर मोहम्मदको प्रधानमन्त्रीत्वमा नयाँ सरकार गठन भएको छ ।) unn.com.np

 

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...