उर्जा मन्त्री वर्षमान पुन र चीनको सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङ बीच भेटवार्ता



काठमाडौँ, ३ जेठ (रासस) ः ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।

भेटमा ऊर्जामन्त्री पुनले नयाँ सरकारको प्राथमिकता विकास र समृद्धि रहेको भन्दै त्यसका लागि नेपालमा चिनियाँ लगानी आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा लगानीको वातावरण रहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण बनाइदिन आग्रहसमेत गर्नुभयो ।

मन्त्री पुनले चीनसँग नेपालले गत वर्ष नै ‘एक पेटी एक मार्ग’ मा हस्ताक्षर गरिसकेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझै मजबुत बन्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री पुनले आगामी दिनमा जलविद्युत् र सौर्य ऊर्जाको क्षेत्रमा चीनबाट सहयोग र लगानीको अपेक्षा रहेको बताउनुभयो ।

भेटमा उपगभर्नर युसिङले चीनमा सिचुवान प्रान्त ऊर्जाको क्षेत्रमा निकै धनी रहेको भन्दै सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रका साथै सडक निर्माणको क्षेत्रमा समेत सहकार्य गर्न तयार रहेको धारणा राख्नुभयो ।

“हामी ऊर्जा र जलविद्युत्का साथै निर्माण र पुनःनिर्माणको क्षेत्रमा काम गर्न इच्छुक छौँ, त्यसका लागि सिचुवान प्रान्तको एउटा कम्पनीले समेत भर्खरै नेपालमा सरकारको लगानी रहेको कम्पनीसँग सहकार्य शुरु गरेको छ”, उपगभर्नर युसिङले भन्नुभयो ।

उहाँले सिचुवानमा व्यापार र अध्ययनका लागि थुप्रै नेपाली रहेको भन्दै सिचुवानमा वाणिज्य दूतावास खोलिदिनसमेत आग्रह गर्नुभयो । जवाफमा मन्त्री पुनले सिचुवानसँग व्यापार र शिक्षाका साथै हवाई सम्पर्क जोड्ने प्रयास भइरहेको भन्दै आगामी दिनमा समेत सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा नेपालका लागि चीनका राजदूत यू होङको उपस्थिति थियो ।

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...