विघटन भए एमाले र माओबादी, नेकपाको नाममा निर्बाचन आयोगमा दर्ता हुन देखियो यस्तो अड्को !



काठमाडौं, ३ जेठ । नेपाली कम्युनिस्ट आन्दोलनमा दुई फरक भूमिकाबाट उदाएका एमाले र माओवादी पार्टी केहीबेरमा विघटन भएका छन्।केहीबेरअघि बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकतालाई अनुमोदन गरेपछि एमाले केन्द्रीय कमिटी र माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्दैछ। एकता प्रक्रियामा रहेका दुई पार्टीको  बैठकले पार्टी विघटन गरेका छन ।

‘नेपाल कम्युनिष्ट पार्टी’ नाममा यसअघि नै दल दर्ता भइसकेकाले एमाले र माओवादी केन्द्रले राख्न खोजेकै एकीकृत पार्टीको नाम दिन कानुनत: नमिल्ने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन्।

आयोगको कानुन तथा राजनीतिक दल सम्बन्ध महाशाखाका शाखा अधिकृत घमचन्द्र तिम्सिनाले राजनीतिक दल दर्ता सम्बन्धि ऐनमा एउटै नामको पार्टी दर्ता हुन नसक्ने प्रावधान रहेको बताए।एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति गरेका छन्।आयोगमा दर्ता भएको उक्त नामको दलको अध्यक्ष आफू रहेको ऋषि कट्टेलले बीबीसीलाई बताए।

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...