पार्टी एकिकरणको ऐतिहासिक क्षणमा किन उपस्थित भएनन् झलनाथ खनाल ?



जेठ ३ काठमाडौं, एमाले र माओवादी केन्द्रको एकता घोषणाको ऐतिहासिक सभा राष्ट्रिय सभागृहमा चल्दै गर्दा एमालेका बरिस्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल कतै देखापरेनन दुवै पार्टीको संयुक्त बैठक र पार्टी एकीकरण घोषणासभामा खनालको खोजी भयो । पार्टीलाई उनी कता छन् भन्ने आधिकारिक जानकारी नै थिएन ।

पूर्वप्रधानमन्त्री खनाल निकट स्रोतका अनुसार उनी निजी कामका सिलसिलामा चीनमा छन् । खनाल व्यापारिक कामका सिलसिलामा चीन र मलेसियातर्फ बेला बेलामा जाने गर्छन् । उनका छोरा निर्भिक चित्रकार चिनियाँ कम्पनीसँग मिलेर व्यापार व्यवसायमा छन् ।

भैरहवाको गौतमबुद्ध विमानस्थलको ठेक्का लिएर काम नगरेको चिनियाँ ठेकेदार कम्पनीको नेपाली कन्सल्ट्यान्टसमेत हुन् खनालपुत्र निर्भिक । पार्टी एकता संयोजन समितिमा रहेका खनाल जेठको पहिलो साता पार्टी एकीकरण हुने भनिएका बेला ऐतिहासिक अवसर छाडेर व्यापारिक प्रयोजनमा बिदेशिनु लज्जाको विषय बनेको नेकपाका एक नेताले बताए ।

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...