जब घोषणा सभामा बोल्दाबोल्दै प्रचण्डको आखाभरि आसु देखियो………



जेठ ३ काठमाडौँ पार्टी एकता घोषणा सभामा बिहीबार साँझ बोल्दै एकीकृत पार्टीका सहअध्यक्ष पुष्पकमल दाहालले यो ऐतिहासिक दिनले आफूलाई खुसी दिएको बताएका छन्। उनले बोल्दाबोल्दै गला अबरुद्ध बनाएर आँखाभरि अाँसु पारेका थिए।

नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष पुष्पकमल दाहालले आफ्नो जीवन निरन्तरताको क्रमभंगता गदागर्दै अघि बढेको र कतिपय ठाउँमा कमजोरी भएको बताएका छन्।

नेकपा एमाले र माओवादी केन्द्रको एकता घोषणा गर्न राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै दाहालले फर्केर हेर्दा कतिपय ठाउँमा कमजोरी गरेको महशुस हुने बताए।

‘मैले कमजोरी गरेका बेला जनताले र देशले देशले दुःख पाएका छन्,’ दाहालले भने, ‘राम्राको काम गरेकाले जनताले सुख पाएका छन्, राष्ट्रलाई राम्रो भएको छ।’

उनले यसअघि सानातिना क्रमभंग भए पनि पार्टी एकता महान छलाङ र फड्को भएको बताए।

‘गुणात्मक छलाङ हो। हाइड्रोजन र अक्सिजन मिलेजस्तै हो। पानीभित्र यी दुई तत्व छुट्याउन सकिँदैन। यो नयाँ यौगिक बनिसकेको छ,’ दाहालले भने, ‘ यो यस्तो तागत बन्नेवाला छ। जनतालाई चाहिएको सुशासन दिनेछ।’

उनले आजबाट नेपालको इतिहासमा नयाँ युगको सुरू भएको बताए।

‘यसका बहुआयाम छन्। राष्ट्रको सम्वृद्धि, जनताको विकासको चाहना, आन्दोलनमा परिमार्जन गर्न, अन्तर्राष्ट्रिय राजनीतिमा विकास, स्थीरता र सुशासनको सन्देश दिन अर्थपूर्ण छ,’ उनले भने।

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...