आईपिएलमा बेंग्लोरको उत्कृष्ट पुनरागमन, हैदराबादलाई १४ रनले हराए संगै बढयो प्लेअफको सम्भावना !



इन्डियन प्रिमियर लिग आईपीएलको गए रतिको खेलमा  रोयल च्यालेन्जर्स बेंग्लोरले जित हात पारेको छ । शीर्ष स्थानमा रहेको सनराइजर्स हैदराबादलाई १४ रनले पराजित गरेसँगै बेंग्लोरको अन्तिम चारमा पुग्ने सम्भावना बढेको हो ।
एम चिन्नश्वामी रंगशालामा विहीबार राति भएको खेलमा घरेलु टोली बेंग्लोरले हैदरावादमाथि रोमाञ्चक जित हात पारेको हो । २१९ रनको विशाल चुनौति पछ्याउदै ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०४ रन मात्रै बनाउन सक्यो ।
हैदरावादका लागि कप्तान केन विलियमसनले ४२ बलमा ७ चौका र ५ छक्काको मद्दतमा ८१ रन बनाएपनि जित दिलाउन सकेनन् । त्यस्तै, मनिष कुमार पाण्डेले ३८ बलमा ६२ रन बनाए । यता, ओपनर ब्याट्सम्यान एलेक्स हलेसले ३७ र शिखर धवनले १८ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २१८ रन बनाएको थियो । बैग्लोरका लागि एबी डिविलियर्सले सर्वाधिक ६९ रन बनाए । त्यस्तै, मोइन अलीले ६५ रन बनाएका थिए ।
बलिङतर्फ हैदरावादका राशिद खानले ३ विकेट लिएका थिए ।
आईपीएलको शीर्ष स्थानमा भने पराजित सनराइजर्स हैदरावाद नै रहेको छ । १३ खेल खेलेको हैदराबादले ९ खेलमा जित ४ खेलमा हार ब्यहोर्दै १८ अंक रहेको छ । हैदरावाद प्लेअफमा यसअघि नै पुगिसकेको छ । त्यस्तै १६ अंक बनाएको चेन्नाई सुपर किंग्स पनि प्लेअफमा पुगि सकेको छ । यता तेस्रो स्थानमा रहेको कोलकत्ता नाइट राइडर्सको १३ खेलबाट १४ अंक रहेको छ । चौथो स्थानमा मुम्बई इन्डियन्स, पाचौमा बेंग्लोर, छैटौमा राजस्थान रोयल्स र सातौ स्थानमा रहेको किंग्स इलाभेन पञ्जाबको समान १२–१२ अंक रहेका छन् ।

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...