अचम्मका मेयर साहेब; जसले सिकाउछन बालबालिकालाई कराँते !



प्रायः व्यस्त रहनुपर्ने नगरपालिकाका मेयरले बालबालिकालाई कराते सिकाउँछन् भन्दा अचम्म लाग्न सक्छ, तर भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले सदरमुकाम खलंगाका बालबालिकालाई कराते सिकाउन थालेका छन् । मेयरसँग कराते सिक्न पाउँदा खेलाडी पनि दंग छन् । उनलाई कामको भ्याइनभ्याइ छ । कार्यकर्ता र नगरको कामले उनी निकै व्यस्त हुन्छन् । तर, व्यस्तताकाबीच पनि उनले समय निकालेर बालबालिकालाई कराते सिकाउने गरेका छन् ।

मेयर घर्तीले बिहानबेलुका समय निकालेर कराते सिकाउँदै आएका छन् । ‘नगर प्रमुखसँग कराते सिक्न पाउँदा गर्व लागेको छ’, खेलाडी विशाल विकले भने । सदरमुकामभित्रका २० जना बालबालिका नगरप्रमुखसँग कराते सिकिरहेका छन् । मेयरले सिकाउन थालेपछि खेलाडी संख्या पनि बढेको छ । बालबालिकालाई स्वस्थ र अनुशासित बनाउन खेलकुद जरुरी रहेकाले आफूले खेल सिकाउने गरेको नगरप्रमुख घर्तीको भनाइ छ ।

धेरै समय जनताको काममा व्यस्त हुनु परे पनि केही समय निकालेर साना भाइबहिनीलाई खेल सिकाउन पाउँदा आनन्द लाग्ने गरेको उनले बताए । ‘म पनि खेलाडी भएकाले खेलकुदमा फर्कंदा र आफूले सिकेको सिकाउन पाउँदा तनाव कम हुनुका साथै आनन्द पनि आउँछ’, नगर प्रमुख घर्तीले भने । घर्ती करातेका पूर्वराष्ट्रिय खेलाडी हुन् । हाल गोजुरियो कराते दो संघका केन्द्रीय अध्यक्ष रहेका घर्ती एसियन कराते महासंघका रेफ्री पनि हुन् ।

मेयर काम विशेषले सदरमुकामबाहिर जानुपरे अर्का प्रशिक्षक अमृत मल्लले ती बालबालिकालाई सिकाउने गरेका छन् । मेयर घर्तीले खेलाडीको हौसला तथा खेलकुद विकास गर्न कार्यक्रम सञ्चालन गरिने बताएका छन् । सदरमुकाममा खेलकुदको पूर्वाधार विकास गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने उनको योजना छ । अन्नपुर्णपोस्ट बाट

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...