एमाले मुख्यालयमा प्रचण्डलाई नयाँ कुर्सि, माओवादी मुख्यालय पेरिसडाँडाबाट जनसंगठन र जनसम्पर्कको काम !



जेठ ४ काठमाडौँ, पुनर्गठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय एमाले मुख्यालय रहेको धूम्बाराहीमै रहने तय भएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले तत्कालका लागि धुम्बाराहीमै केन्द्रीय कार्यालय रहने तय गर्नुभएको हो ।

पार्टीका जनसङ्गठन र जनसम्पर्कका कामहरु भने माओवादी केन्द्रको केन्द्रीय कार्याल्य रहेको पेरिसडाँडाबाट हुने तय भएको छ । ‘अध्यक्षद्वयले पार्टीको केन्द्रीय कार्यालय धुम्बाराही र जनसंगठन तथा जनसम्पर्कका काम पेरिसडाँडाबाट गर्ने निर्णय लिनुभएको छ, त्यसैअनुसार भोलिबाट काम हुन्छ,’ नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले भन्नुभयो ।

धूम्बाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा एमालेको अस्थायी र पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको थियो । भोलि नै विघटित पार्टीका सूचना पाटी झिकिने कार्यालय सञ्चालन गरिने श्रैष्ठले जानकारी दिनुभयो ।
एमाले र माओवादी बिघटन भई पुनर्गठन भएको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा आजै निवेदन दर्ता गराइसकेको छ । आयोगमा दर्ता नम्बर ५६६६ रहेको छ ।

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...