एमाले र माओबादीको एकता पछि काँग्रेसका यी दुई नेता बिश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको यस्तो धारणा !



सुनौलो नेपाल

जेठ ४ काठमाडौँ, देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको छ ।२०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्ट घटकको टुटफुट श्रृङ्खला मदन आश्रति स्मृति दिवसका अवसरमा टुंगिएको छ । यो संगै नेपाली कांग्रेसले दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतापछि सरकार, पार्टी र सिंगो राज्यसत्ता संग काँग्रेसले राख्ने धारणा त आउदै गर्ला तर एकिकरणको सुरुवाती चरणमा नेपाली काँग्रेसले बाम एकिकरणमा शुभकामना ब्यक्त गरेको छ ।

नेपाली काँग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले आफ्नो ट्वीट मार्फत नेकपालाई शुभकामना र बधाई दिदै भनेका छन् ” कम्युनिस्ट एकतालाई शुभकामना र बधाई !संसदीय लोकतन्त्र र उदार अर्थब्यबस्थाको बाटोबाटस्थिरता र समृद्धिको यात्रालाई गति दिन सफलता मिलोस् l सबैखाले जडतालाई सृजनशिलतामा बदल्दै,हिंसाको मार्गमा रहेका सहयोद्धाहरुलाईपनी शान्तिको सत्मार्गमा गांस्न सक्षमता मिलोस् !हार्दिक शुभकामना” ।

यस्तै काँग्रेस उपसभापति बिमलेन्द्र निधिले पनि आफ्नो ट्वीट मार्फत नेकपालाई बधाई दिदै लेखेका छन ”ओली र प्रचण्डलाई बधाई छ-दुईवटा कम्युनिष्ट पार्टि मिलाएर नेपाल कम्युनिष्ट पार्टि बनाई क्षमता प्रदर्शन गरेकोमा।सुखान्त भयो भने बलियो लोकतंत्र।दुखान्त भयो भने बलियो अधिनायकतंत्र। म सुखान्तवादी कथोपासक हुँ।हामीसंगै कम्युनिष्ट र निर्दलवादी दुबैको लोकतांत्रिक यात्रा रुचिकर छ।शुभकामना” ।

 

 

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...