सिन्डिकेट हटाउने महानिर्देशकलाई हटाउने मन्त्रीको यस्तो षड्यन्त्र, महानिर्देशक हटाएर के चाहन्छ ओली सरकार !



४ जेठ – यातायातको सिन्डिकेट हटाउन विशेष भूमिका निभाएका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले मन्त्रालय तान्न लागेको छन् ।

पछिल्लो समय भट्टराईसँग रुष्ट भएका महासेठले उनलाई मन्त्रालय तान्न लागेको उच्च स्रोतले जनाएको छ । मन्त्री महासेठले बुधबार राति विभागका महानिर्देशक भट्टराईलाई मन्त्रालय तान्ने निर्णय गरे पनि कर्मचारीको असहयोगका कारण पत्र थमाउन सकेका छैनन् ।

‘उहाँलाई मन्त्रालय तान्ने निणर्य भएको हो । तर, विभागमा चिठ्ठी अझै पुगेको छैन’ स्रोतले भन्यो ।’ गत चैतमा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधनसहित अरू नौँ वटा नयाँ कार्यविधि ल्याएर यातायात क्षेत्रको सुधारमा महानिर्देशक भट्टराई सक्रिय भएका थिए ।

सुरूवातमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनलाई पूर्ण साथ दिए पनि मन्त्री महासेठ भने उनीसँग ससंकित नै रहेका थिए ।

यातायात व्यवस्था विभागले गत चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि ल्याएसँगै यातायात व्यवसायीहरू उक्त कार्यविधि खारेज गर्ने र भट्टराईलाई हटाउने पहलका लागि मन्त्रीलाई गुहारिरहेका थिए ।

मन्त्रि महासेठले बुधबार राति विभागका महानिर्देशक भट्टराईलाई मन्त्रालय तान्ने निर्णय गरेका हुन्,’ मन्त्रालय स्रोतले भन्यो, ‘तर मन्त्रीको निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्रीसँगै समन्वय गर्नुपर्ने सचिवले भनेपछि महानिर्देशकलाई मन्त्रालय तानिएको पत्र गएको छैन ।’

सिन्डिकटले घुँडा टेकेको र अब यातायात व्यवस्थापनको महत्वपूर्ण खाका तयार गर्नुपर्ने समयमा विभागमा महानिर्देशकलाई मन्त्रालय तान्ने तयारी गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...