गृहकार्य नगरेपछि शिक्षकले फुटाए विद्यार्थीको टाउको !



जेठ ४, काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक बसौटी विद्यालयमा एक विद्यार्थी निर्घात कुटिएका छन्।

गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत राम कामीमाथि निर्घात कुटपिट गरेको हुन्। परशुराम नगरपालिका–२ गोगनका १२ वर्षीय राम कामीलाई (स्केल)ले हानेर टोउकोमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए।

बुधबार विद्यालयको गृहकार्य नगरे आएको बन्दै शिक्षक अवस्थीले स्केलले हानेर टाउकोमा गम्भीर चोट लागेको हो। रामको टाउकोमा घाउ नै हुने गरि कुटपिट गरेको प्रहरी निरीक्षक शैलेन्द्र भट्टले बताए।

‘शिक्षक अवस्थीले हातमा हान्न खोज्दा टाउकोमा लागेको भन्ने बुभिएको छ।’ प्रहरी निरीक्षक भट्टले भने। टाउकोबाट धेरै रगत बगेको अवस्थामा विद्यालय नजिकै रहेको स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि विद्यार्थीलाई जोगबुढा अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचारपछि थप उपचारका लागि विद्यार्थीलाई शुक्रबार कैलाली लागिएको पीडित विद्यार्थीका बुवा डम्बर विकले बताए।

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...