समयमै काम नसक्ने ठेकेदारदारलाई कारबाही गर्न थालेका गृहमन्त्री बादल बिरुद्द यसरी खनिए नेपाली काँग्रेसका सांसद !



नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले गृहमन्त्री रामबहादुर थापा बादललाई ‘बादल’ सडकसँगको साइनो सोधेका छन्।

सयममा सडक निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई पक्राउ गर्न थापाले आदेश दिएका थिए। थापाको आदेशपछि पोखरामा ठेकेदार सुरेन्द्र बस्नेत पक्राउ परिसकेका छन्।

अधिकारीले शुक्रबार राष्ट्रिय सभाको बैठकमा मन्त्रीहरुले ‘कानुन भन्दा माथि कोही छैन’ भन्ने बिर्सिएको टिप्पणी गरे।

‘गणतन्त्रमा कानुन भन्दा माथि कोही छैन भन्ने मन्त्रीहरुले बिर्सनुभयो’, अधिकारीले भने, ‘फरमान जारी गरेर केही हुने छैन।‘

उनले ठेकेदारहरु अदालत गएको अवस्थामा गैरकानुनी थुनाको रुपमा यस्ता घटना रहने बताए। ‘गृहमन्त्री र सडकको के साइनो छ’, अधिकारीले प्रश्न गरे, ‘यी विषय यातायात मन्त्रीले भन्ने होला नि।

उनले नागढुङ्गा कलंकी सडक अदालतका कारण मात्रै नरोकिएको तर्क गरे।

‘जति ठाउँ फराकिलो भएको छ त्यति ठाउँमा पनि अदालतले रोक्यो त’, अधिकारीले प्रश्न गरे , ‘नबनाउने बाहना चाहिएको छ। नबनाइ नबनाइ बस्न पाएपछि कसले बनाउने, भेरिएसन अर्डर पाएपछि ठेकेदारले पनि किन बाटो बनाउनुपर्‍यो।‘

उनले ठेकेदारलाई नभई मन्त्रीले सचिव र सडकको महानिर्देशकलाई किन सडक नबनेको भनेर सोध्नुपर्ने बताए।

‘ठेक्ला लागेको छ। काम लगाइदैँन’, अधिकारीको भनाई थियो।

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...