एमाले र माओबादीको एकता प्रति आयो काँग्रेस सभापति शेरबहादुर देउवाको धारणा, अन्य नेता कसको कस्तो ?



काठमाडौं, ४ जेठ । एमाले र माओवादी केन्द्रबीच एकता भैसकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु एकतालाई खुशी र बेखुी बनेका छन् ।

केही नेताहरुले एकताप्रति खुशी व्यक्त गरेका छन् भने केहीले भने एकताप्रति बेखुशी व्यक्त गरेका छन् । नेता मिन विश्वकर्माले पत्रकार सँगको कुराकानीमा भने,‘उहाँहरुको एकतालाई लिएर हामी खुशी छौं, अब कांग्रेस सशक्त र एक भएर अघि बढ्छ, उहाँहरुको एकता हाम्रो लागि खुशीको कुरा हो।’

उनले कांग्रेस मिलाउनकोलागिपनि एमाले–माओवादीबीचको एकता आफूहरुको लागि वरदान सावित भएको बताए ।

अर्का नेता डा. शेखर कोइरालाले कांग्रेस नेतृत्व सशक्त नभएको अवस्थामा एमाले–माओवादी एकता भएकोले कांग्रेसले एकिकृत पार्टी थेग्न नसक्ने बताए ।

उनले भने,‘कांग्रेसले एमाले र माओवादी केन्द्रको एकता थेक्न सक्दैन ।’

स्रोतका अनुसार एमाले–माओवादी एकताप्रति कांग्रेस सभापति शेरबहादुर देउवा पनि बेखुशी छन् । सकेसम्म देउवा दुई पार्टीबीचको एकता नहोस् भन्ने पक्षमा थिए ।

 

 

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...