कम्युनिष्ट एकताको खुसी नेता देखी कार्यकर्तासम्म उस्तै उत्साहजनक



सुनौलो नेपाल/काठमाडौँ- बिहिबार कम्युनिष्ट घोषणा कार्यक्रममा प्रधानमन्त्री तथा तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीले जीवनकै खुसीको दिन मध्ये यो एउटा खुसीको दिन भएको बताए ।

त्यसैगरी नेकपाका अध्यक्ष मध्यका अर्का एक तत्कालिन माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि बोल्दा बोल्दै निकै भाबुक मात्र बनेनन् उनले त्यो खुसी अभिव्यक्त गर्ने शब्द समेत आफुसंग नभएको बताए ।

कम्युनिष्टका दुई प्रमुख दल एमाले र माओवादी केन्द्रका अध्यक्षमा मात्र होइन त्यो खुसी अन्य नेता कार्यकर्तामा पनि उत्तिकै देखिन्थ्यो त्यसैले बिहिबार सामाजिक संजालमा धेरै नेता कार्यकर्ताले त्यो खुसी ब्यक्त गरेका थिए । टि मध्यका सामाजिक संजालमा व्यक्त केहि प्रतिनिधि मुलक लेख हामीले समावेस गरेका छौ

मिना श्रेष्ठ युवा नेतृ – कहिलेकाही पिडामा छल्किने आँसु आज राजनीति जीवन को खुसीमा देशको निम्ति छल्कियको थियो ,मञ्च मा बोल्दै गर्दा पार्टी नेतृत्व को गला अवरुद्ध भएको थियो देश कै निम्ति , पार्टी एकताको खुशीको क्षणमा । आज भन्दा सात बर्ष अघि देखि पार्टी एकता हुन पर्छ भन्दै आएको आज त्यो चाहना पुरा भएको छ । २००६ मा कमरेड पुस्पलाल श्रेष्ठले निर्माण गरेको नेपाल कम्युनिस्ट पार्टी गुटबन्दीको कारण विभिन्न चिरामा बिभाजित भएको थियो तर आज एकता भएको छ । पुस्पलाल कमरेड हामीमाझ हुनुन्थ्यो भने वहाँ पनि धेरै खुशी हुनुहुन्थ्यो । यो एकता युगौयुग सम्म बाचिरहोस। अब सहि नितिका साथ मुलुक समृद्द बनाउने अठोटका साथ राष्ट्र निर्माणको अभियानमा सबै बामपंथी एक हुन पर्छ । आजको चुनौतीपूर्ण एतिहासिक कार्य सम्पन्न भएको छ । नयाँ इतिहास निर्माण भएको छ ,नेपाल कम्युनिस्ट पार्टी ले देश मा शुसासन र समृद्धि ल्याउनु पर्छ ,हामी सबैलाई हार्दिक बधाई ,नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद

रामकुमारी झाक्री सांसद, प्रतिनिधि सभा – नेकपा (एमाले)को कार्यकर्ताका रुपमा निर्वाह गरेको भूमिका आजैका मितिदेखि इतिहास बनेको छ । इतिहासको त्यस विरासतमा निर्मित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यको रुपमा नयँ यात्रा आरम्भ गर्न पाउँदा गौरवान्वित भएको छु।
एकीकृत पार्टीका सबै सदस्यहरुलाई हार्दिक बधाई!

तिर्थ भट्टराई प्रवासी नेपाली मंच युएई – यो एकताले बर्सौ देखि हरेक तवरले पछाडि परेको हाम्रो देशले स्थिर स्थायित्व प्राप्त गरोस,हामिले भन्ने गरेको देशको समृद्धि अनि जनताको वास्तविक नैसर्गिक अधिकारलाइ सुरक्षित अनि संरक्षण गरोस,देशका उत्पीडित बर्गले आफ्नो अधिकार र न्यायको आभास गर्न पाउन,हामी र हाम्रा भावी सन्ततिको हरेक सफलताका लागि कोसेढुङ्गा साबित बनोस कम्युनिस्ट एकता जिन्दावाद,औपचारिक रुपमा आज एकीकृत र गठित #नेपाल_कम्युनिस्ट_पार्टि मा आबद्द सम्पूर्ण साथिभाइ शुभेच्छुक सबैलाइ हार्दिक बधाइ।।अब ढुक्कले देश बन्छ हाम्रै पालामा

भिडियोमा पनि हेर्नुहोस सुनौलो नेपालका प्रतिनिधि सभाका सांसद पदम गीरी, राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारी त्यसैगरी युवासंघ नेपालका नेताद्वय माधव माधव बास्तोला र फणिन्द्र लुईंटेललाई दुई प्रमुख कम्युनिष्ट एकतालाई  उहाँहरुले दिनुभएको  प्रतिक्रिया जस्ताको तस्तै ।

भिडियो सहित 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...