सिन्डिकेट हटाएका महानिर्देशक भट्टराईलाई सिन्डिकेट बिरुद्द लडे बापत यातायात मन्त्रिको यस्तो सजाँय !



सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरुलाई असहयोग गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालयमा तानेका छन् ।

सिन्डिकेटावाला यातायात व्यवसायीहरुसँग सुरुबाटै लचिलो बन्दै आएका महासेठले शुक्रबारबाट लागू हुने गरी विशेष कामका लागि भन्दै भट्टराईलाई मन्त्रालय तानेका हुन् ।मन्त्रालयले पठाएको पत्र महानिर्देशक भट्टराईले शुक्रबारै प्राप्त गरेका छन् । देशभरमा रहेको यातायात व्यवसायीको चर्को सिन्डिकेट हटाउननिर्णायक भूमिका खेलेका भट्टराईको कामप्रति असन्तुष्ट रहेका मन्त्री महासेठ व्यवसायीको दबाबमा मन्त्रालय तानेका हुन् ।

मन्त्रालय जान्न

मन्त्रायबाट पठाइएको पत्र पाएको जनाउँदै करिब एक वर्षअघि विभागमा आएका भट्टराईले आफू तत्काल मन्त्रालय हाजिर हुन नजाने बताए ।गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेट हटाउन कडा कदम चालेपछि कार्यान्वयनका जिम्मेवारी पाएको यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईकै पहलमा समिति र संघहरु कम्पनीमा आउन बाध्य भएका थिए ।

‘मलाई मन्त्रालय तानिने कुरा सुनेको थिएँ, तर आज पत्र पनि आयो’, भट्टराईले भने, ‘तर म अब केही साता विदामा बस्ने तयारीमा छु, मैले अन्य कामको पनि तयारी थालेको छु ।’

 

 

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...